दफा १५
नोटरी पब्लिक सम्बन्धी विवरण पठाउनु पर्ने
(१) परिषद्ले दफा १४ बमोजिम प्रमाणपत्र दिइसकेपछि नोटरी पब्लिकको नाम, थर, ठेगाना र अन्य आवश्यक विबरण जुन स्थानमा निजले नोटरी पब्लिकको रुपमा काम गर्ने हो सो जिल्लाको वार एशोसियसन र जिल्ला अदालत समक्ष पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको विवरण प्राप्त भएपछि सम्बन्धित वार एशोसिएसन र जिल्ला अदालतले त्यस्तो विवरण सबैले देख्न सक्ने ठाउँमा टाँस गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको विवरण प्राप्त भएपछि सम्बन्धित वार एशोसिएसन र जिल्ला अदालतले त्यस्तो विवरण सबैले देख्न सक्ने ठाउँमा टाँस गर्नु पर्नेछ ।